नियम
गोलघरमा राख्ने
देहाय बमोजिमको कैदीलाई देहायको अवधिसम्म गोलघरको
व्यवस्था भएको कारागारमा गोलघरमा राख्नु पर्दछ :-
(क) …………..
(ख) नेपाल सरकारबाट गोलघरमा राख्ने गरी आदेश दिइएका थुनुवा वा कैदीलाई सोही आदेशमा उल्लिखित अवधिसम्म,
(ग) देहायका कसूर गर्ने कैदी वा थुनुवालाई देहायको अवधिसम्म –
(१) कारागारबाट सुरु· खनी भागी पक्राउ भै आएकालाई १ वर्षसम्म,
(२) पर्खाल वा गारो फोडी भागी पक्राउ भएकालाई ६ महिनासम्म,
(३) पर्खाल नाघी भागी पक्राउ भएकालाई ३ तीन महिनासम्म ।
(घ) खण्ड (ग) मा उल्लिखित कसूरको उद्योग गर्नेलाई त्यस्तो कसूर गरे वापतको अवधिको आधिसम्म,
(ङ) कारागार भित्र ५ वा ५ जनाभन्दा बढीको जमात भई हूलद· गरी भाग्न खोज्ने प्रत्येकलाई ६ महिनासम्म,
(च) पा“च जनाभन्दा घटी भई हूलद·ा गरी जमात बा“धी भाग्न खोज्ने प्रत्येकलाई १ महिनासम्म,
(छ) कारागारभित्र बदमासी गर्ने, चोरी गर्नेलाई जेलरको तजबीजले ५ पा“च दिनदेखि १ महिनासम्म ।
तर गोलघरमा राख्नु पर्ने कैदीलाई गोलघरमा राख्दा ठेकिएको कैद म्यादभन्दा बढी पर्ने गरी गोलघरमा राख्न हु“दैन । कैद बा“की भए जति मात्र राख्नु पर्छ ।